नरेन्द्र मोदी जनकपुर पुग्न लाग्दा भयो झडप

२८ बैशाख २०७५, शुक्रबार ०५:१४

वैशाख २८, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही बेरमा जनकपुर आउँदै छन । पटनाबाट भारतीय सेनाको विशेष हेलिकोप्टरबाट उडिसकेका छन् ।

मोदीलाई हेर्न भन्दै विहानैबाट घुइँचो लागेको छ । अभिनन्दन गर्ने भनिएको स्थानमा सर्वसधारणको घइँचो लागेको छ । रंगभूमि मैदान प्रवेश गर्ने बाटो साँघुरो भएकै कारण ठेलमठेल भएको छ ।

केही व्यक्तिहरुले ठेलठाले गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको बताएको छ । केही युवाहरुले प्रहरीको लाठी समेत खोस्ने कोशिष गरेपछि प्रहरीसँग सामान्य झडप भएको बताइएको छ ।