केही उल्लेखनीय काम गर्न नसकेको स्वीकारे जनप्रतिनिधिहरुले

८ जेष्ठ २०७५, मंगलवार ०८:४२

जेठ ८, काठमाडौं ।

स्थानीय तहमा जनप्रतिनिधि आएर काम सुरु गरेको एक वर्ष पूरा भएको छ ।

०७४ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनपछि लामो समयदेखि कर्मचारीहरुले सञ्चालन गर्दै आएको स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्थानीयमा केही उत्साह थपिएको छ ।

सिंहदरबारमा भएको अधिकार गाउँगाउँमा पुगेको दाबी गरिएपनि सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहबाट जनताको भावना अनुसार काम भने हुन सकेको छैन ।

 

स्थानीय तहमा जुन उत्साहाका साथ जनप्रतिनिधि बहाल भएका थिए, त्यो अनुसार काम गर्न नसकेको स्वयम जनप्रतिनिधिहरुले समेत स्वीकारेका छन् ।

 

कार्यालय अभाव, प्रर्याप्त कर्मचारी नहुनु लगायतका कारण जुन स्पिीरटमा काम गर्नुपर्नु हो त्यसो हुन नसकेको बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

 

एक वर्षको अवधिमा कार्यालय व्यवस्थापन, कर्मचारीको खोजी र धेरै त सिक्दैमा एक वर्ष पूरा भएको जनप्रतिनिधिहरुले बताएका छन् । पाँच वर्षको कार्यकाल लिएर जनप्रतिनिधिहरु स्थानीय तहमा बहाली भएका थिए ।

 

सबै स्थानीय तहका प्रमुखहरुले आफ्नो गाउँपालिका र नगरपालिकाले नमूना बनाउने उद्घोष त गरेका छन् तर कार्य हेर्दा एक वर्षमा खासै उल्लेखनीय केही हुन सकेको छैन ।