आत्मघाती बम बिस्फोट हुदाँ नाइजेरियामा २४ जनाको मृत्यु

१९ बैशाख २०७५, बुधबार ०६:०६

वैशाख १९, काठमाडौं ।

नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम बिस्फोटमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

 

दिउँसोको नमाजको तैयारी गरिरहेका बेला मस्जिदको भित्र र बाहिर दुईवटा बम बिस्फोट भएको थियो ।

आडमवा प्रान्तका पुलिसले उक्त बम बिस्फोटमा इस्लामिक चरमपन्थी समूह बोको हराम हुनसक्ने आशंका गरेको छ ।

बोको हरामले सन् २००९ देखि नै नाइजेरियाको उत्तरी क्षेत्रलाई इस्लामिक स्टेट बनाउनका लागि हिंसाका घटना दोहोराउँदै आइएको बताइएको छ ।

यो घटनामा अहिलेसम्म २० हजारको हत्या भइसकेको र करिब २० लाख बिस्थापित भइसकेका पाइन्छ ।

पुलिस कमिश्नर अब्दुल्लाही येरीमाका अनुसार पहिलो बिस्फोट मस्जिदमा करिब १ बजे भएको र दोस्रो बिस्फोट मस्जिद नजिकै भएको बताएका छन् ।

त्यसैगरी येरिमाले दिएको जानकारी अनुसार उक्त घटनामा एक दर्जन बढी घाइते भएको बताएका छन् ।