अभिषेक बच्चनलाई पटक्कै मन नपर्ने तरकारीबारे खुल्यो रोचक घट्ना

१६ जेष्ठ २०७५, बुधबार ०८:२९

जेठ १६, काठमााडौं ।

बलिउड अभिनेता अभिषेक बच्चनलाई पटक्कै मन नपर्ने तरकारी हो ब्रोकाउली । त्यही भएर उनको घरमा ब्रोकाउली हत्पत पाक्दैन ।

केही दिनअघि उनले टि्वटरमै आफूलाई ब्रोकाउली मन नपर्ने कुरा लेखेका थिए । तर, अचम्म त्यतिबेला भयो जब उनकी पत्नी ऐश्वर्याले ब्रोकाउलीसहितको परिकार आफ्नै हातले बनाएर श्रीमानलाई टक्रयाइन् । यो केही दिन अघिको मात्र घटना हो ।

 

ऐश्वर्या आक्कलझुक्कल मात्रै खाना बनाउँछिन् । यात निकै मुड चल्नुपर्छ, या अभिषेकलाई निकै मन पर्ने परिकार हुनुपर्छ । तर, उनले यसपाली आफूलाई वाक्कै लाग्ने तरकारी ल्याएर तेस्र्याएपछि अभिषेक अचम्भित बनेका छन् ।

 

अभिषेककी पत्नी ऐश्वर्या राय टि्वटरमा छैनन्, त्यसैले उनलाई पतिको पोस्टबारे थाहा नभएको हुन सक्छ । तर अभिषेकले भने यो पोष्टबारे थाहा पाएरै श्रीमतीले यसरी निहुँ खोजेको आशंका गरेका छन् । उनले श्रीमतीले पकाएको परिकारको फोटोसहित टि्वटरमा पोस्ट गरेका छन् ।

 

उनलाई धेरैले श्रीमतीले प्रेम पूर्वक पकाएर दिएको कुरा मिठो मानेर खान सुझाव दिएका छन् । यसबारे ऐश्वर्याको भने केही प्रतिक्रिया आएको छैन । ऐश्वर्याले हालै इन्स्टाग्राममा हालै एकाउन्ट खोले पनि टि्वटरबाट भने टाढा छिन् ।