वैशाख १६, काठमाडौं
पर्सा प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको बताएको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–६ सितापाइलाका २९ वर्षीय रोबिन्स कुँवर, बारा कलैया उप– महानगरपालिका–७ बस्ने १८ वर्षीय रुपेश रानामगर, चितवन भरतपुरका सुमन शाही ठकुरीलाई पक्राउ गरेको हो । त्यसैगरी वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बस्ने २८ वर्षीय सुरज महत्तो, वीरगञ्ज १० नगवा बस्ने २६ वर्षीय राजेश गुप्ता र वीरगञ्ज ७ रामटोल बस्ने ३४ वर्षीय अमित सेन पनि पक्राउ परेका छन् ।
वीरगञ्जको दुई फरक फरक स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले उनीहरु मध्ये तीन जना लागू औषध इन्जेक्सन सहित पक्राउ परेको र बाँकी तीन जना सेवन कर्ता रहेको जानकारी दिए ।
त्यसैगरी वीरगञ्ज महानरपालिका–१६, रजतजयन्ती चोकमा भारतबाट नेपालतर्फ अइरहेको सवारी साधन तथा पैदल यात्रुहरुको चेकजाँच गर्ने क्रममा अरु पाँच जना पक्राउ परेका हुन् ।
(स्रोत : अनलाइन खबर)
