वैशाख १४, काठमाडौं ।
क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट साविक मध्यपश्चिमका ५ जना कृषक पुरस्कृत भएका छन् ।
समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा मागी खाने बानी परेता पनि अब दिने बानी पार्न आग्रह गरे । विभिन्न संस्थाले कुखुरा दिए, बाख्रा दिए, अन्य अनुदान पनि दिए, तर ती हामीले काटेर खायौं, उनले भने, अनुदान दिएको चीजलाई थप फलाउन लागेनौं र हामी मागेरखाने बानी पर्यो, उनले भने ।
मुख्यमन्त्री शाहीले अब सरकारले ५ लाख अनुदान दिए ५ करोड पुर्याउने लक्ष्यका साथ कृषकहरू लाग्नुपर्ने बताए । सरकारले ५ लाख अनुदान दियो भने, त्यसलाई सही रूपमा गर्नुहोस, ५ करोड पुर्याउनुहोस् उनले भने, त्यसो गरेको खण्डमा हामी मागी खाने होइन, दिने खानेका रूपमा स्थापित हुन्छौं ।
हरेक कृषक आत्मनिर्भर बन्न सके प्रदेश नै आत्मनिर्भर बन्ने उनको भनाइ थियो ।
(स्रोत : लोकान्तर)
