वैशाख १२, काठमाडौं ।
नदी चमेलिया तर्ने क्रममा एक युवाको चिप्लिएर मृत्यु भएको छ ।
बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदी तर्ने क्रममा चिप्लिएर नदीमा डुबेर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
मृत्यु भएका धिरज बोहराको शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको बताइएको छ ।