गायक सिताराम पोख्रेलको म्युजिक भिडियो सार्वजनिक

११ बैशाख २०७५, मंगलवार ०५:२८

वैशाख ११, काठमाडौं ।

गायक सिताराम पोख्रेल खोटाङ मा जन्मिएका हुन । उनी विराटनगरमा हुर्कीै काठमाडौंलाई नै कर्मथलो बनाएका गायक विगत ३ दशक भन्दा लामो समय देखी नेपाली गीत संगीत क्षेत्रमा निरन्तर क्रियाशिल रहेका छन् । उनको यो १७ औं म्युजिक भिडियो हो । यस गीतमा उनको आफ्नै स्वर रहेको छ र यो गीतका गीतकार रमेश अधिकारी, संगीतकार करण राज कार्की तथा एरेन्जर मा टास का विजेश्वर तण्डुकर रहेका छन् । यस गीतको भिडियो वुढासुब्बा म्युजिकले बजारमा ल्याएको यस भिडियोको निर्देशन चलचित्र निर्देशक जनम दीप पराजुलीले गरेका छन् भने यसमा क्यामेरा क्यामेरा अर्जुन तिवारी, सम्पादन निशान घिमिरेको रहेको छ । यस गीतमा मोडेलको रुपमा गायक स्वयम सिताराम पोख्रेल, नायिका अनु शाह, नायक सुबास पराजुली, अर्जुन गौतम तथा बालकलाकार प्रांस तिवारीले अभिनय गरेका छन् ।

”सजाई दियौ जिन्दगी नै मेरो” बोलको गीत २०४४ सालमा रेकर्ड गराएदेखी हालसम्म राष्ट्रिय गीत, भजन, आधुनिक तथा पप् गरी १५० भन्दा बढी रेकर्ड गराइसकेका छन् । सबै म्युजिक भिडियोमा मिस नेपाल र चर्चित नयिकाहरुले अभिनय गरीसकेका छन् ।

गायक सिताराम पोख्रेलको नेपालमा मात्र नभई विदेशमा समेत सांगीतिक कार्यक्रम प्रस्तुत गरेको पाइन्छ । उनी राष्ट्रिय गायन सम्मान भानु कलाकारीता सम्मान, लायन्स, जेसिस, लिो क्लब सम्मान, नेपाल भारत मैत्री सम्मान, रानु देवी अधिकारी सम्मान, भक्तपुर नाटक संघ द्धारा सम्मान, राष्ट्रिय नागरिक सम्मान, पूर्वाञ्चल संगीत कला सम्मान, सिम्पल सम्मान, नेपाल सिगांपुर समाज द्धारा सम्मान, अनलाइन क्रिसियन अमेरिका द्धारा सम्मान गरि ३५ भन्दा बढि संघ संस्था द्धारा सम्मानित भइसकेका छन् ।

गायक सिताराम पोख्रेल ३० वर्ष भन्दा बढी समय सम्म नेपाल आयल निगममा सेवा गरी निर्देशक पदबाट भर्खरै अवकास पाएका उनी नेपाल सांगीतिक संघ जस्ट से नो नेपाल सिम्पल आर्ट आदि संघ संस्थामा आवद्ध रहेका छन् । उनी सामाजिक कार्य गर्न रुचाउने भएकोले संगीतमा नै लागेर जिवन बिताउने बतउछन् ।