वैशाख ६, काठमाडौं ।
नेपाली युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने भएका छन् ।
उनी क्रिमसनमा आवद्ध भएका हुन् । यो टिमको प्रशिक्षक पाकिस्तानका बिलाल ससद हुन् भने अमजाद महबुबको कप्तानीमा रहेको टिममा जिम्बाब्वेका ङरभा पनि छन् ।
प्रतियोगितामा तीन टिम छन्, जसले समूह चरणमा चार खेल खेल्नेछन् । १ मेमा एउटा टिमले दुई खेल खेल्नेछ । त्यसपछि हरेक दिन एक खेल हुनेछ र फाइनल मे ५ मा छ ।
यो प्रतियोगिता सिंगापुरको यू–१९ तथा केही सिनियर खेलाडीलाई लक्षित गरेर आयोजना गरिएको हो, जसले भोलि सिंगापुरको टिममा स्थान बनाउन सक्छन् ।
पछिल्ला समयमा नेपालका खेलाडीहरुले क्रमश अन्तराष्ट्रिय देशहरुमा आफ्नो कुशल कला प्रदर्शन गर्ने मौका पाइरहेका छन् ।
हाल इन्डियाम जारी इन्डिया प्रिमियर लिगमा नेपालका सन्दिप लामिछाने आवद भए पनि उनले डब्यु गर्न भने पाएका छैन्न ।
यसपश्चात भने सिंगपुरमा जरी हुन गइरहेको सिंगापुरको टी–२० सिरिजमा आवद्ध भएका हुन् अनिल शाहा । यसले पनि नेपालका भविष्यका युवा क्रिकेटरहरुको भविष्य उज्जवल नै छ भन्ने संकेत गर्छ ।
तर, जिम्बाब्वे, थाइल्याण्ड, इण्डोनेसियाका पनि केही खेलाडीले मौका पाएका छन् ।
