हुण्डी संचालन गर्ने दुईजना अभियुक्त कारागार चलान

५ बैशाख २०७५, बुधबार ११:५२

वैशाख ५, काठमाडौं ।

पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको अरोपमा पक्राउ परेका दुई भारतीयलाई कारागार चलान गरेको छ ।

भारत, बिहार, मोतिहारी, रक्सौल नगरपंचायत-२५ कोईरिया टोला घर भई वीरगञ्ज बस्दै आएका ३५ वर्षीय रितेशकुमार गुप्ता, पर्साको वीरगञ्ज हानगरपालिका-५ बस्ने ३० वर्षीय बिनित अग्रवाललाई पूर्पक्षको लागि कारागार चलान गरिएको हो ।

पर्सा जिल्ला अदालतको आदेशले उनीहरुलाई कारागार चलन गरिएको पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले जानकारी दिए ।

अवैध हुण्डीको कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले गत माघ २८ गते गाडीका पार्टपुर्जा तथा सर-समानहरु, लुबि्रकेन्ट तेलहरु तथा गि्रजको कारोबार गर्ने भनी वीरगञ्ज महानगरपालिका वडा नं १५ मा सञ्चालित न्यु दक्षिणकाली अटोमोबाईल्स प्रा.लि.मा छापामारी गरेको थियो ।

सो क्रममा प्रहरीले ५६ लाख रुपैयाँ नगद दुई बोरा कागजपत्रहरु, मोबाइल ६ थानसहित कारोबारमा संलग्न न्यू दक्षिणकाली प्रा.लि.का सञ्चालक भारतीय नागरिक संचालन गर्ने रितेशकुमार गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नं २५ का २७ बषिर्य मनोज पटेल , वीरगञ्ज-५ बस्ने ३० बषिर्य बिनित अग्रवाल र सोही वडामा बस्ने ४५ वर्षीय राजेश रौनियारलाई पक्राउ गरेको थियो ।

उनीहरु विरुद्ध बैकिङ कसुर तथा बितिय कारोबार ऐन अन्र्तगत मुद्दा दर्ता गरिएको थियो ।