घाँस काट्न गएकी युवती बलात्कृत

३ बैशाख २०७५, सोमबार ११:२९

वैशाख ३, काठमाडौं ।

ललितपुर, ३ बैशाख – जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका–२ बस्ने २५ बर्षीय शेखर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

लामिछानेले सोही ठाउँ बस्ने २१ बर्षीया युवतीलाई बासुने जंगलमा घाँस दाउरा काट्न जाने क्रममा आइतबार जबरजस्ती करणी गरेको बताइएको छ ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।