वैशाख ३, काठमाडौं ।
गायिका दुर्गा खरेलको आवाजमा समावेश ‘भेटेरै सुन्नु छ’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ ।
अमृत रेग्मीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।
यो भिडियोमा नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ ।
साथमा, पवन शर्मालाई पनि भिडियोमा देख्न सकिन्छ ।
सुरेन्द्र बस्नेतको कोरियोग्राफी रहेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।
भिडियोमा विकाश दाहालको सम्पादन छ ।
निशान घिमिरेले यो भिडियोको निर्देशन गरेका हुन् ।
गीतलाई गायिका दुर्गाले डान्सिङ शैलीमा तयार पारेकी छिन् ।
(हेर्नुस् भिडियो)
