वैशाख २, काठमाडौं ।
गायक आर.बी श्रृजनले ‘मुस्ताङ्गे नानी’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । श्रृजनकै शब्द रहेको यो गीतमा बी.बी अनुरागीको संगीत छ ।

जोमसोमको रमणिय दृश्यमा भिडियो खिचिएको छ ।
रविन्द्र बरालले छायांकन तथा निर्देशन गरेको यो भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
(हेर्नुस् भिडियो)
https://youtu.be/L-aW0hYTgmU
उरुषा पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आरुषी र सुमनले मोडलिङ गरेका छन् ।
