वैशाख २, काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आउँदो सिजन नयाँ क्लब ‘वुल्भरहृयाम्टन वन्डरस एफसी’ अर्थात ‘वुल्भ्स’ को आगमन पक्का भएको छ ।
वुल्भ्सले सन् २०१२ पछि प्रिमियर लिग खेल्ने भएको हो ।
च्याम्पियनसिप फुटबलको शीर्ष स्थानमा रहँदै वुल्भ्सले आउँदो सिजनको पि्रमियर लिग फुटबलमा स्थान बनायो ।
च्याम्पियनसिप अन्तर्गत शनिबार राति भएको खेलमा फुलहृयामले ब्रेन्ट्फोर्डसँग १-१ गोलको बराबरी गरेपछि वुल्भ्स चार खेल बाँकी रहँदै प्रिमियर लिगमा बढुवा भएको हो ।
वुल्भ्सको चार खेल बाँकी हुँदा ९२ अंक भएको छ । फुलहृयामलाई भने पि्रमियर लिगमा बढुवा हुनका लागि अब बाँकी चारै खेलमा जित्नुपर्ने भएको छ ।
