चैत २९, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधिमा सक्रिय देशभित्रका अतिवादी तत्वहरु सुरक्षा चुनौती बनेको बताएका छन् ।
नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा बिहीबार आयोजित कार्यक्रममा उनले अतिवादी तत्वका साथै जातीय क्षेत्रीय विद्वेषमा आधारित द्वन्द्व सुरक्षा चुनौती बनेको बताए ।
प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताएका छन् ।
‘यो प्रत्यक्ष हमला भन्दा पनि कारगार हुन्छ’ उनले भने ‘राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायबीच असरदार समन्वय बनाउनु जरुरी छ ।’
