चैत २९, काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । अन्तिम खण्ड सिन्धु-ग्यालथुङको औपचारिक ब्रेक थ्रु बिहीबार भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले सुरुङको औपचारिक ब्रेक थ्रु गरे ।
उनी काउलेको सिन्धु अडिटबाट प्रवेश गरेर ब्रेक-थ्रु गर्न गएको टोली औपचारिक उद्घाटनपछि ग्यालथुङमा पुगेको थियो । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको प्राविधिक ब्रेक-थ्रु भने सोमबार नै भएको थियो । अब साढे २७ किलोमिटर सुरुङ नै खन्ने काम सकिएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो ।
दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी खुवाउने योजना सरकारले बनाएको छ ।
सरकारले यो कम्पनीसँग ७ अर्ब ७१ करोडमा सुरुङ र इन्टेक निर्माण गर्नेगरी ठेक्का इटालिय कम्पनीसाग ठेक्का सम्झौता गरेको थियो । आयोजनाकाअनसार यो कामका लागि ८ अर्ब ५९ करोड रुपैयाँ खर्च हुनेछ ।
ठेकेदारलाई विभिन्न कामका लागि २८ करोड भेरियसन दिएकाले आयोजनको लागत बढेको छ ।
