‘मिस नेपाल’को उपाधि श्रृङ्खला खतिवडालाई

२९ चैत्र २०७४, बिहीबार ०७:१७

चैत २९, काठमाडौं ।

यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडाले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् ।

प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’

 

यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

 

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई, सन् २०१७ कि ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिइन् ।

 

उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साथमा, उनले नगद १ लाख नगद पनि प्राप्त गरिन् ।