दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली पक्राउ

२८ चैत्र २०७४, बुधबार ०२:१८

चैत २८, काठमाडौं ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । पूर्वराष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचार, कर छली र दुरुपयोगको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सोलमा रहेको केन्द्रीय जिल्ला न्यायाधिवक्ताको कार्यालयले ‘अटो पार्टस्’ बनाउने डिएएस नामक कम्पनीको खास मालिक नै भएको पत्ता लागेकाले सोमबार उनलाई पक्राउ गरिएको जनाएको छ ।

 

यस विषयमा झण्डै तीन महिनादेखि गरेको अनुसन्धानबाट त्यस कम्पनीमा उनको संलग्नता र त्यहाँ भएको अनियमितता पुष्टि भएको अधिकारीले बताएका छन् ।

 

लीको कम्पनी डिएएसले उनको प्रभावमा अवैध रूपमा झण्डै तीन करोड २७ लाख अमेरिकी डलर दिलाएको पाइएको छ ।

 

देशको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको सामसुङ ग्रुपसँग उनले ५८ लाख ५० हजार अमेरिकी डलर घूस लिएको न्यायाधिवक्ताको कार्यालयले आरोप छ ।