चिडियाखानामा अनौठो, सुग्गरी गोरिल्ला

२६ चैत्र २०७४, सोमबार १०:५६

चैत २६, काठमाडौं । एजेन्सी

मानिसको पुर्खा भनिने बाँदर प्रजातिको गोरिल्लालाई हातखुट्टा फोहोर हुँदा पनि कुनै परवाह हुँदैन होला भन्ने ठान्नुभएको छ भने गलत हुनुहुन्छ ।

किनकि अमेरिकाको फिलाडेल्फिया चिडियाखानामा रहेको एउटा भाले फोहोर हातको विरुद्धमा छ । ऊ आफ्ना हात फोहोर हुन्छन् भन्ने डरले मानिसझैँ गरी दुई खुट्टाले उभिएर हिँड्छ ।

 

१८ वर्षको भाले गोरिल्ला लुईस निकै सुग्गरी छ ।

 

जब उसको हातमा गोलभेँडा तथा अन्य खानेकुराहरु हुन्छन् तब ऊ सीधैं मानिसजस्तै गरी दुई खुट्टाले टेकेर हिँड्छ । ता कि खानेकुरा भएको हातले टेक्दा हात र खाना फोहोर नहोस् ।

 

चिडियाखानाका सुसारे माइकल स्टर्नका लागि आफू बस्ने ठाउँ तथा परिसरमा फोहोर हुँदा यो भाले गोरिल्ला निकै घिनाउँछ र जिउमा फोहोर लाग्छ कि भन्ने कुरामा निकै सचेत हुन्छ ।

 

उनका अनुसार गोरिल्ला दुई खुट्टाले टेकेर सीधा भएर हिड्ने कुरा निकै असामान्य हो ।