‘बालबालिकाको साहस’ भन्ने “हाइ प्रोफाइल”का व्यक्ति नै बाल यौन दुराचारको आरोपमा पक्राउ

२६ चैत्र २०७४, सोमबार ०८:५१

चैत २६, काठमाडौं ।

बाल यौन दुराचारको आरोपमा क्यानेडियन नागरिक पिटर डाल्गिस पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई काभ्रेको मन्डन देउराउली नगरपालिकाबाट पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार उनी बाल यौन दुराचारको आरोपमा पक्राउ पर्ने ‘हाइ प्रोफाइल’ व्यक्ति हुन् ।

 

गैर नाफामूलक संस्था स्टि्रट किड्स इन्टरनेशनलका संस्थापकसमेत रहेका उनी २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार थिए ।

 

त्यसपछि २०१० देखि ०१४ सम्म यूएन हाबिटाटको अफगानिस्तान प्रतिनिधि रहेका उनले अहिले ‘हिमालयन कम्युनिटी फाउण्डेसन’ चलाएका छन् ।

 

उनले आफ्नो परिचयमा ‘बालबालिकाको साहस’ भनेका छन् र विश्वका गरिब बच्चाहरुलाई आफ्नो जीवन समर्पित गरेको बताउने गरेका छन् । तर, तीनै व्यक्ति बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका छन् ।