जागिरबाट निकालेको झोँकमा कम्पनीको डाटा डिलिट गर्ने वेव डेभलोपर पक्राउ

२५ चैत्र २०७४, आईतवार ०९:०८

चैत २५, काठमाडौं ।

जागिरबाट निकालेको झोँकमा ८५ वटा कम्पनीको वेव डाटा सर्भरबाट डिलेट गरेको आरोपमा एक जना सफ्टवेर डेभलपर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ई–जोन इन्टरनेश्नल प्रा.लि., काठमाडौंका पूर्व कर्मचारी २९ वर्षीय कमल पाठक छन् ।

 

जागिरबाट निकालेको झोँकमा उनले ती डाटाहरु डिलिट गरेको आरोप लागेको छ ।

 

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले ई–जोन इन्टरनेश्नलले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।