भारत भ्रमणमा प्र.म ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

२५ चैत्र २०७४, आईतवार ०८:३५

चैत २५, काठमाडौं ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेको हो ।