गोप्य सुराकीका आधारमा दिल्लीबाट आएको टुरिष्ट बस नागढुंगामा समातियो

२२ चैत्र २०७४, बिहीबार ११:१८

चैत २२, काठमाडौं ।

भारतको नयाँ दिल्लीबाट अवैध सामान बोकेर काठमाडौं आएको टुरिष्ट बस नागढुंगामा समातिएको छ ।

गोप्य सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर मातहतको प्रहरी प्रभाग, नागढुंगाले ना ६ ख ६३०२ नम्बरको टुरिष्ट बसलाई नियन्त्रणमा लिएको हो ।

 

बसको हुटमा तलमाथि र दायाँबायाँ फिल्स बटम बनाएर कुर्था, सुरुवाल, प्रेशर कुकर, छालाको पर्स लगायतका सामान भेटिएका छन् ।

 

बरामद गरिएका सामानको मूल्य ३० लाख रुपैयाँ बढी रहेको परिसरका प्रवक्ता मोहनकुमार थापाले बताए ।

 

उनका अनुसार बस चालक दोलखा घर भएका २७ वर्षीय रामबहादुर थोकर र सह–चालक रमेश खड्का पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको छ ।