चैत २२, काठमाडौं ।
२० वर्ष पुरानो कालो हरिण शिकारको मुद्दामा भारतको जोधपुरको चीफ ज्युडिसियल मजिस्ट्रेटको अदालतले सलमान खानलाई दोषि ठहर गरेको छ ।
न्यायाधिसले सलमानलाई ५ वर्षको जेल सजाय र १० हजार जरिवानाको सजाय सुनाएका छन् ।

यो मुद्दामा सह-आरोपीहरु सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र निलमलाई शंकाको सुविधाका आधारमा सफाई पाएका थिए ।
पेशीका लागि सलमानसँगै उनीहरु सबै बुधबार त्यहाँ पुगेका थिए ।
अदालतमा लन्चका क्रममा सलमानका दुई बहिनीहरु अर्पिता र अलविरा बाहिर ग्यालरीमा फोनमा कुरा गरिरहेका थिए । सलमान भने कोर्टरुम भित्र कुर्सीमा एक्लै बसेका थिए ।
लन्चपछि न्यायधिस ड्यासमा आए । उनी आएपछि सलमान पर्खालमा अढेस लागेर उभिए । बहिनीहरु पनि आएर उनीसँगै बसे ।
न्यायधिसले सलमानलाई ५ वर्षको कैद सजाय सुनाए लगत्तै बहिनीहरु रुन थाले । त्यहीँ रहेका सलमानका बडिगार्ड शेरा पनि भावुक बने ।
