उत्तर कोरियाका विदेशमन्त्रीले गरे चीन भ्रमण

२१ चैत्र २०७४, बुधबार ११:३५

चैत २१, काठमाडौं । एजेन्सी

उत्तर कोरियाका विदेशमन्त्रीले चिनियाँ समकक्षीसँग मंगलवार भेटघाट गरेका छन् ।

यो भेटघाट प्योङयाङका नेता किम जोङ–उनले गरेको आकस्मिक भ्रमणको एक हप्तापछि भएको हो । किमले अब अमेरिका तथा दक्षिण अफ्रिकाका राष्ट्रपतिहरूसँग भेटघाट गर्नेछन् ।

 

प्योङयाङको आणविक कार्यक्रमका सम्बन्धमा अमेरिका र उत्तर कोरियाबीच महीनौंसम्म चलेको कलह अहिले मत्थर हुँदै गएपछि उत्तरका तर्फबाट कूटनीतिक हडबडी देखिँदैछ ।

 

चीनको परराष्ट्र मन्त्रालयले उत्तरका विदेशमन्त्रीसँगको भेटको खुलासा गरेको हो । सामाजिक सञ्जालमा दुवै देशका परराष्ट्रमन्त्रीले हात मिलाएको तस्वीर आएको छ ।

 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शौङले उत्तरका विदेशमन्त्रीसँगको भेटघाट छोटो हुने बताए । गेङले भने, ‘भेटघाटसम्बन्धी विवरण उपयुक्त समयमा उपलब्ध गराइनेछ ।’