अचम्मको रोलर कोस्टर, जहाँ चिच्याउँदा मोबाइल चार्ज हुन्छ

२१ चैत्र २०७४, बुधबार ११:२७

चैत २१, काठमाडौं । एजेन्सी

फन पार्कमा रोल कोस्टरमा घुम्दा मज्जा आउँछ । कतिपय भने नराम्रोसँग तर्सिएर चिच्याउँछन् पनि । यो दुनियाँमा एउटा यस्तो रोलर कोस्टर छ जहाँ तपाइँ बसेर चिच्याउनुभयो भने तपाइँको मोबाइल फोन चार्ज हुन्छ ।

 

बेलायतको थोर्प पार्कमा रहेको द वाकिंग डेड नामक रोलर कोस्टर यस्तो अनौठो रोलर कोस्टर हो ।

यसमा बसेर मानिसहरु जति धेरै चिच्याउँछन् उती नै धेरै बिजुली उत्पन्न हुन्छ । उक्त रोल कोस्टरमा बसेर यात्रा गर्नुअघि सबैले आफ्नो फोन चार्ज गर्नका लागि जम्मा गर्नुपर्ने हुन्छ ।

उक्त थेम पार्क सुरु गर्ने जोन बर्टनका अनुसार अब पार्कमा आउने दर्शकहरुलाई पार्कमा घुम्दा घुम्दा आफ्नो मोबाइल फोनको ब्याट्री चार्ज सकिने चिन्ता हुनेछैन ।

यो रोलर कोस्टरले उक्त समस्यालाई दूर गरिदिनेछ ।