“यातायात क्षेत्रको सिन्डिकेट जनताको हितमा नभएको” : गृहमन्त्री बादल

१९ चैत्र २०७४, सोमबार ०९:००

चैत १९, काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रको सिन्डिकेटको अन्त्य गर्नुपर्ने बताएका छन् ।

लामो समयदेखि रहिआएको यातायात क्षेत्रको सिन्डिकेट जनताको हितमा नभएको भन्दै गृहमन्त्री बादलले यसको अन्तय गर्ने बताएका हुन् ।

गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले भने,’सिन्डिकेटको अन्त्य गर्नुपर्छ, जनताको हितका लागि हो भने सिन्डिकेट तोड्नुपर्छ ।’

जनताको चाहना सिन्डिकेट नभएको भन्दै उनले जनताको चाहना अनुसार यातायात क्षेत्रलाई व्यवस्थित गर्ने धारणा व्यक्त गरेका छन् ।

यस्तै गहृमन्त्री बादलले भ्रष्टाचार र माफियातन्त्रको समेत अन्त्य गर्ने बताएका छन् । राजनीतिक दलकै आडमा भ्रष्टाचार मौलाएको भन्दै अब यसको अन्त्य गरनिे बताए ।