एलिसा र निराजनको ‘भन सानु’ गीतको भिडियो सार्वजनिक

१८ चैत्र २०७४, आईतवार ०९:२४

चैत १८, काठमाडौं ।

अष्ट्रेलियामा रहेका चार नेपाली संगीतकर्मीहरु मिलेर खोलेको ब्याण्ड ‘र्‍याड स्टूडियो’ले ‘भन सानु’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।

प्रविण श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा मोडल एलिसा राई र निराजन प्रधानले मोडलिङ गरेका छन् ।

 

यो ब्याण्डमा राजेश घिमिरे, अनुज श्रेष्ठ, धमेन्द्र माली र सरोज परियार आवद्ध छन् ।

 

व्याण्डमा सदस्यहरुले विदेशमा रहेपनि नेपाली संकृतीको जगेर्ना गर्न सधै तत्पर रहेको बताए ।

(हेर्नुहोस् भिडियो)