रुपन्देहीमाथि सीबाईसी अअत्तरियाले ९ विकेटको जित : “धनगढी प्रिमियर लिग क्रिकेट”

१८ चैत्र २०७४, आईतवार ०७:५६

चैत १८, काठमाडौं ।

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)मा सीवाईसी अत्तरियाले ९ विकेटको शानदार जित निकालेको छ ।

रुपन्देही च्यालेन्जर्सलाई मात्र ६१ रनमा अलआउट गरेको अत्तरियाले मात्र ७.३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुवास खकुरेल १९ रनमा आउट भए । गोरभ चित्तरा ३० र प्रेम तामाङ १४ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले मात्र १५.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । उसका सुफयान मोहम्मदले २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा कमल सिंह ऐरीले ४ विकेट लिए भने शुभंकर उरावले ३ विकेट लिए ।