श्रीदेवी उत्कृष्ठ अभिनेत्री, ‘न्यूटन’ सबैभन्दा राम्रो फिल्म : ६५ औं भारतीय फिल्म अवार्ड

३० चैत्र २०७४, शुक्रबार ११:१८

चैत ३०, काठमाडौं ।

६५ औं भारतीय फिल्म अवार्डको घोषणा भएको छ । शेखर कपूर भारतीय फिल्म पुरस्कार घोषणा गर्ने समूहका प्रमुख हुन् ।

उनले समूहका अन्य सदस्यका उपस्थितिमा पुरस्कार घोषणा गरेका हुन् ।

 

यसपटक न्यूटन तथा बाहुबली द कन्क्लूजनले पुरस्कारमा कव्जा जमाएका छन् ।

 

राजकुमारको फिल्म न्यूटनलाई बेस्ट फिचर अवार्ड प्राप्त भएको छ भने वेस्ट एक्शन डाइरेक्टर तथा स्पेशल इफेक्टसको लागि बाहुबली २ले राष्ट्रिय पुरस्कार पाएका छन् ।

 

बेस्ट डाइरेक्शनको अवार्ड भयानकम मलयालम फिल्मले पाएको छ । बेस्ट एक्ट्रेसको पुरस्कार चलचित्र ममको लागि श्रीदेवीलाई घोषित गरिएको छ ।

 

बेस्ट एक्टरको पुरस्कार रिद्धि सेन बंगाली फिल्म नगर किर्तनले पाएको छ ।