लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा, १० वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

२८ चैत्र २०७४, बुधबार ०१:४३

चैत २८, काठमाडौं ।

लिभरपुलले दोस्रो लेगमा पनि म्यानचेष्टर सिटीलाई हराएको छ र पछिल्लो १० वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

मंगलबार राति सिटीलाई २-१ ले हराएको लिभरपुलले समग्रमा ५-१ को शानदार जित निकाल्यो ।

पहिलो लेगमा ३-० को हार व्यहोरेको सिटीले घरेलु मैदान इत्तेहाद स्टेडियममा राम्रो सुरुवात गरेको थियो । उसका लागि गाब्रियल जेसिसले दोस्रो मिनेटमा नै गोल गरेका थिए ।

बर्नान्डो सिल्भाको प्रहार पोष्टमा लागेर बाहिरियो भने सानेको गोल, जसलाई रेफ्रीले अफसाइड दिए। सिटीका प्रशिक्षक पेप ग्वार्डिओला रेफ्रीसँग विवाद गर्न मैदानमा प्रवेश गरेका थिए ।

दोस्रो हाफमा लिभरपुल हावी भयो । ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल बराबरी गोल गरे भने ७७ औं मिनेटमा फिर्मिनोले गोल गर्दै जित दिलाएका छन् ।

खेल अघिसम्म सलाहको खेल्न सक्ने नसक्नेमा अन्यौल जस्तै थियो । पहिलो लेगमा उनी सब्सिच्युट भएका थिए । तर, दोस्रो लेगमा पनि गोल गर्दै लिभरपुलको विजयी यात्रामा योगदान गरे ।