र्इश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

२३ चैत्र २०७४, शुक्रबार ०८:३५

चैत २३, काठमाडौं ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री र्इश्वर पोखरेलले पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकाले उनको अनुपस्थितिमा पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

 

ओली तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत गएका छन् । ओली आइतबार स्वदेश फर्किने छन् ।

 

ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी विद्यादेवी विद्यादेवी भण्डारीले तोकेको शितल निवासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।