राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शरु

२९ चैत्र २०७४, बिहीबार ०७:५१

चैत २९, काठमाडौं ।

गुल्मीमा नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगीता मुसिकोट नगरपालिका–६ कुर्घामा सुरु भएको हो ।

क्षेत्र नम्बर १ र २ का गरी १२ विद्यालयका विद्यार्थीहरु विभिन्न विधामा छनोट गरी आगामी वैशाख ८, ९ र १० गते सदरमुकाममा हुने अन्तिम चरणको खेलमा प्रतिस्पर्धा गराइने जिल्ला खेलकुद समिति सदस्य ज्ञानहरि सापकोटाले जानकारी दिए ।

 

नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको क्षेत्र नम्बर २ को क्षेत्रीय छनौट खेलको कुर्घामा भएको कार्यक्रमको उदघाटन गर्दै मेयर सापकोटाले खेल क्षेत्रको विकास गर्न सकेमा देशलाई विश्वसामु सहज रुपमा चिनाउन सकिने बताए ।

 

उनले नयाँ–नयाँ र उर्जाशील खेलाडीहरु उत्पादन आजको आवश्कता भएको बताए ।

 

स्वास्थ्यको लागि मात्र खेल नभई समग्र विकासका निम्ति पनि खेल खेल्नुपर्ने बताउँदै सापकोटाले मुसिकोट नगरपालिकाले खेलको विकासको निम्ति र खोलाडी उत्पादनका लागि पर्याप्त रकम छुट्याएको जानकारी दिए ।

 

उदघाटन कार्यक्रममको अवसरमा विभिन्न दूरीका दौड प्रतियोगिताहरु, सटपुट, भलिबल र कपर्दी लगायतका कार्यक्रमहरु भएका छन ।