भाटभटेनीको आगलागी चार घन्टापछि नियन्त्रणमा

२५ चैत्र २०७४, आईतवार ०९:५६

चैत २५, काठमाडौं ।

बुटवल उपमहानगरपालिका–८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो ४ घन्टापछि नियन्त्रणमा आएको छ ।

आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घन्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए ।

आगलागीबाट सुपरमार्केटको चौथो र पाँचौं तलामा रहेको इलोट्रोनिक्स सामान जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिकाबारे आफू बुटवल बाहिर भएकाले अहिले नै कुनै अनुमान गर्न नसकिने र आगलागी कसरी भयो भन्नेमा समेत अहिले नै भन्न नसकिने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बताए ।

सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो ।

आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्यांकर आगो निभाउन प्रयोग गरिएको थियो ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।