नायिका दिपिका प्रसाई बन्ने भइन् छक्का पञ्जा ३ मा दिपकको जोडी

११ बैशाख २०७५, मंगलवार ०९:३३

वैशाख ११, काठमाडौं

 

सर्वाधिक रुपमा चर्चामा आएको ‘छक्का पञ्जा’ फिल्मको तेश्रो श्रृखंलामा अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भएकी छिन् । दिपाश्री निरौलाको जानकारी अनुसार दीपिका फिल्ममा अभिनेता दीपकराज गिरीको जोडी बन्ने बताएकी छिन् ।

निर्देशक निरौलाको अनुसार उक्त फिल्ममा बोल्ड एण्ड ब्युटिफूल लेडीको आवश्यकता भएको बताएकी छिन् र यस फिल्ममा दीपिकाको भूमिकाको गुण भने स्क्रिप्टमा देखिएको छ । टिमको सहमती पछि छक्का पञ्जा ३ मा स्क्रिप्टको डिमान्डअनुसार उनी भित्रिएकी हुन् । ‘

यस फिल्ममा नायिका प्रियंका कार्की भने विशेष भूमिकामा प्रस्तुत हुने बताइएको छ । फिल्ममा दीपिका नयाँ रहेपनि, दीपक, प्रियंका, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायत कलाकारहरु यथावत नै रहनेछन् ।

कथा तथा पटकथा रहेको दीपकराजको यस फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माले संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराज हुनेछ । फिल्मको संवाद दिपक, जितु, केदार यमन श्रेष्ठले लेखेका हुन् । वैशाख १७ गतेदेखि यस फिल्म फ्लोरमा जाने बताइएको छ ।