दैनिक अदुवा खानाले के हुन्छ ? थाहा पाउनुस यी कुराहरु

१२ बैशाख २०७५, बुधबार १०:४३

वैशाख १२, काठमाडौं ।

यो एक मसाला मात्र नभई यसलाई स्वास्थ्यका लागि गुणकारी खाद्य सामग्री समेत मानिन्छ । यसमा आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन र भिटामिनसहित थुप्रै पौष्टिक तत्व पाइन्छ । साथै, अदुवालाई एक शक्तिशाली एन्टिभाइरल पनि मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ । अदुवालाई ताजा र सुख्खा दुबै रुपमा प्रयोग गर्न सकिन्छ । अदुवाका केही गुणबारे जानकारी लिऔं ।

१ खोकीको औषधीको रुपमा प्रयोग :
र्
सधैं खोकीको औषधीको अदुवालाइ रुपमा लिइन्छ । खोकी लाग्दा अदुवाको सानो टुक्रामा तातो बनाइएको मह मिसाएर दिनमा दुईपटक सेवन गर्नाले खोकी रोक्छ र घाँटीको समस्याबाट पनि छुटकरा दिन्छ ।

२ भोक बढाउनमा मद्दत :

यदी अदुवाको सेवन नियमित गरियो भने भोक नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यदि तपाईंलाई कम भोक लाग्छ भने अदुवाको सानो टुक्रामा नुन लगाएर दिनमा एकपटक लगातार आठ दिनसम्म खाने गर्नुभयो भने यसले पेट सफा गर्छ र भोक लाग्छ ।

३ पाचनप्रक्रियामा सजिलो :

यसले अपच र पाचन क्रियामा सुधार्न सहयोग पुर्याउँछ । अदुवामा ज्वानो, कागतीको रस मिसाएर खाँदा पाचन क्रिया ठिक रहन्छ । पेटको समस्याका लागि अदुवा निकै फाइदाजनक मानिन्छ । । साथै, यसले कब्जियतको समस्याबाट पनि मुक्ति दिलाउन ठूलो सहयोग पुर्याएको हुन्छ ।

४ छालालाई चम्किलो बनाउँनमा सहयोग :

यसको सेवनले छाला चम्किलो हुन्छ । बिहान खाली पेटमा एक गिलास मनतातो पानी सँगै अदुवाको एक टुक्रा खानुहोस् । यसले तपाईंको छालालाई निखार्नुका साथै तपाईंलाई लामो समयसम्म जवान बनाइ राख्न पनि सहयोग पुर्याउँछ ।

५ रुघा खोकीका लागि :

रुघा लाग्दा अदुवा हालेको चिया पिउँदा फाइदा हुन्छ । यसका साथै अदुवाको रसलाई महसँग मिसाएर तताएर खाँदा पनि रुघा खोकीबाट राहत पाउन सहयोग पुर्याउँछ । रुघा खोकी लाग्दा अदुवाको सेवनले तपाईंलाई राहत दिलाउँछ ।

६। कोलेस्ट्रोलमा फाइदाजनक :

यसको प्रयोगले हाम्रो कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्छ । यसले रक्तसंचार पनि ठिक राख्छ । यसले रगत जम्न दिँदैन । यसमा एन्टी फंगल र क्यान्सर प्रतिरोधी गुण पनि पाइने हुनाले यसको प्रयोग फाइदाजनक मानिन्छ ।

७ महिनावारीको अनियमितता रोक्नमा सहयोग :

यसलार्ई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवाको सेवनले महिलाको महिनावारीको अनियमिततालाई रोक्न ठूलो सहयोग पुर्याएको हुन्छ ।

८ पीडाबाट छुटकरा :

यसलाई एक प्राकृतिक रोग निवारक पनि भनिन्छ । ‘फुड्स द्याट फाइट पेन’ पुस्तकका लेखक आर्थर निल बर्नार्डका अनुसार अदुवामा पीडा हटाउने प्राकृतिक गुण पाइन्छन् । यसको कुनै साइड इफेक्ट हुँदैन । ताजा अदुवालाई पिसेर यसमा थोरै कपुर मिसाएर लेप तयार गरेर सुन्निएको र दुखेको अंगमा लगाए पीडाबाट राहत मिल्दछ ।