जारी गर्यो माओवादी केन्द्रले प्रेस वक्तव्य

९ बैशाख २०७५, आईतवार ११:२१

वैशाख ९, काठमाडौं ।

विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको जन्मजयन्तीको अवसरमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन् आग्रह गरेका छन् ।

पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन आह्वान गरेका हुन् ।

 

लेनिनको १४८ औैंँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औंँ स्थापना दिवसका अवसरमा अध्यक्ष दाहालले प्रगतिशील र देशभक्त जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ता योद्धाप्रति सम्मान र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरी देश अहिले स्थिरता, सुशासन र विकासको व्यावहारिक अभ्यासको चरणमा रहेको बताउँदै उनले समाजवादोन्मुख संविधान कार्यान्वयन पहिलो खुट्किलो भएको जनाएका छन् ।