चन्द्रागिरिमा पनि सुरु भयो निःशुल्क ट्रायलको व्यवस्था

२७ चैत्र २०७४, मंगलवार ११:०५

चैत २७, काठमाडौं ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ट्रायल सेवा मंगलबारबाट चन्द्रागिरिमा पनि सुरु गरेको छ ।

राजधानीको पश्चिम भेगमा रहेको नेपालकै ठूलो भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधारामा ठूलो भर्‍याङले मंगलबारबाट निःशुल्क ट्रायल सेवा सुरू गरेको हो ।

लाइसेन्स वितरणका लागि ट्रायल परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वाेच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले निःशुल्क ट्रायल सेवा सुुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

निःशुल्क ट्रायल सेवा सुरु गरेका कार्यालयमा सुकेधारा, ठूलो भर्‍याङ र भक्तपुरस्थित सल्लाघारी रहेको विभागले जनाएको छ ।

एकान्तकुनामा रहेको सुजुकी सेन्टरमा बाहेक तीन स्थानमा निःशुल्क ट्रायल सञ्चालन आएका हुन ।

सर्वाेच्च अदालतले निःशुल्क’ट्रायल लिने व्यवस्था मिलाउन आदेश दिएपछि तीनै कार्यालयले चालक प्रशिक्षण सञ्चालन गर्ने विद्यालयलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

जसअनुसार सुकेधारा कार्यालयका लागि तीन, ठूलो भर्‍याङका लागि दुई र भक्तपुरका लागि एक प्रशिक्षण केन्ऽले आवेदन दिएका थिए ।

आवेदन दिएका प्रशिक्षण केन्ऽलाई पालैपालो ‘ट्रायल गर्ने अनुमति दिएको हो ।

सुकेधाराको र ठूलो भर्‍याङ’ट्रायलु’गर्ने अनुमति पाएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले ४२ रोपनी क्षेत्रफलमा फैलिएको केन्ऽमा मंगलबार २०३ जनाको ‘ट्रायलु’भएको अध्यक्ष राजेश घिमिरेल जानकारी दिए ।

ठूलो भर्‍याङको पहिलो दिन मंगलबार भेहिकल एकेडेमीमा कार चालक अनुमतिपत्र लिन चाहनेको ‘ट्रायलु’भएको प्रवन्ध निर्देशक माधवप्रसाद अधिकारीले बताए ।

नेपालकै ठूलो र अत्याधुनिक भएको हुँदा परीक्षार्थर्ीहरूले निर्धक तरिकाले परीक्षा दिन कुनै समस्या नरहेको यातायात विज्ञ देवेन्ऽ प्रधानले बताए ।

६ करोड लगानीमा निर्माण भएको अत्याधुनिक ट्रायल सेन्टर सरकारलाई र परीक्षार्थीहरूलाई ट्रायल दिन निःशुल्क व्यवस्था गरिएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराका सञ्चालक राम नारायण घिमिरेले बताए ।

एकान्तकुना कार्यालयले भने १० वर्षका लागि शुल्क लिएर ‘ट्रायलु’ लिने सम्झौता गरिसकेकाले निःशुल्क हुने छैन ।