कहाँ अड्कियो रणवीर-दिपिकाको बिहे कहिले ? रणवीरले भने तत्काल बिहे नहुने सम्भावना

२८ चैत्र २०७४, बुधबार ०१:१९

चैत २८, काठमाडौं ।

बलिउडका रियल कपल रणवीर सिंह र दिपिका पादुकोणको चाँडै बिहे हुन लागेको खबर केही समयदेखि फैलिइरहेको छ ।

तर, उनीहरु स्वयम्ले यसबारे आधिकारिक रुपमा केही बोलेका थिएनन् । उनीहरुले त अहिलेसम्म आफूहरु प्रेममा रहेकेा सार्वजनिकरुपमा स्वीकारेकासम्म थिएनन् ।

हालै एउटा अन्तरवार्तामा रणवीरलाई दिपिकासँगको प्रेमको विषयमा प्रश्न गरियो । जवाफमा उनले आफूहरु अफेयरमा रहेको पहिलोपटक स्वीकार गरे । बिहेको विषयमा पनि उनले केही कुरा भने ।

‘हो हामी रिलेसनसीपमा छौं,’ उनले भने, ‘विवाहको विषयमा पनि सोचिरहेका छौ ।’ सञ्चारमाध्यममा आएका विवाहसम्वन्धी खबरहरुलाई उनले अफवाहको संज्ञा दिएका छन् । रणवीरका अनुसार दुवैजना अहिले आफ्नो करिअरमा फोकस भएको हुनाले तत्काल बिहे हुने सम्भावना छैन ।

‘दिपिका अहिले ढाडको समस्याले पिडित भइरहेकी छिन्, उनलाई ठिक त हुन दिनुस,’ रणवीरले भने ।

रणवीर र दिपिका फिल्म ‘गोलियोँ कि रासलीलाः रामलीला’ मा काम गर्दा एक-अर्कासँग नजिकिएका थिए । पछिल्लो समय पद्मावतमा उनीहरुले सँगै काम गरे ।

यो फिल्म सुपरहिट भएको छ । फिल्मले रणवीर र दिपिका दुवैको करिअरलाई नयाँ उचाई दिएको छ ।