असन्तुष्ट समूहको राजपाले खोल्यो नयाँ पार्टी

७ बैशाख २०७५, शुक्रबार ११:३४

वैशख ७, काठमाडौं ।

राष्ट्रिय जनता पार्टी नेपालका असन्तुष्ट समूहले नयाँ पार्टी घोषणा गरेको छ ।

उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा असन्तुष्ट समूहले राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) को घोषणा गरेको हो ।

उपाध्यक्ष यादवसहित ३३ जना केन्द्रीय सदसस्यहरुले राजपाबाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका हुन् ।

महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको उनीहरुले जानकारी दिएका छन् ।

तदर्थ समितिको संयोजकमा अशोककुमार यादव, सह-संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा रहेका छन् ।

यस्तै प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

राजपाले संविधान संशोधनमा कुनै भूमिका नखेलेको, मधेस आन्दोलनमा निर्दाेष जनताले ज्यान गुमाउँदा राजपाका अध्यक्षमण्डले मात्रै फाइदा लिएको, मधेसी जनताको एजेण्डा छोडेर सत्तामा जान खोजेको लगायतका आरोप उनीहरुले लगाएका छन् ।