६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँका लागि कुन-कुन क्लब भिड्दै ?

१६ बैशाख २०७५, आईतवार ०७:२९

वैशख १६, काठमाडौं ।

माइभ्याली गोल्डकपको उपाधिका लागि रुस्लान थ्रीस्टार क्लब र मनाङ मस्याङदी क्लब भिड्ने भएका छन् ।

फाइनल खेल सोमबार दिउँसो ३ बजे हुनेछ । शनिबार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारले एपीएफलाई २–० ले पराजित गर्दै फाइनलमा मनाङसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र उपबिजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले स्तब्ध पार्दै मनाङ मस्र्याङ्दीले फाइनल प्रवेश गरेको थियो ।