स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग चितवनमा सञ्चालन, दैनिक ३० टन कपी उत्पादन

१६ बैशाख २०७५, आईतवार ०८:४९

वैशख १६, काठमाडौं ।

चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ शिवघाटमा करीव २५ करोडको लगानीमा कपी उद्योग सञ्चालनमा आएको हो ।

उद्योगमा ३१ जनाको लगानी छ । उद्योगले दैनिक ३० टन कपी उत्पादन गर्न सक्ने क्षमता छ । एक दिनमा करिब एक लाख २० हजार वटा कपी उत्पादन उद्योगले गर्नेछ ।

उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको उद्योग सञ्चालक सञ्जयकुमार चौधरीले बताए ।

कपी उद्योगको स्थापनापछि नेपाल कपीमा आत्मनिर्भरतर्फ उन्मुख हुने तथा त्यसको लागि आवश्यक कच्चा पदार्थ समेत नेपालमा नै उत्पादन गर्न सकेमा नेपाली मुद्रा सञ्चय हुने चौधरीले बताए ।