स्थानीय जनताको मागलाई सम्बोधन हुनेगरी पाठ्यक्रम निर्माणको लागि राष्ट्रपतिको सरकारसँग आग्रह

१७ बैशाख २०७५, सोमबार ०६:०५

वैशाख १७, काठमाडौं ।

राष्ट्रपति विद्या देवी भण्डारीले स्थानीय जनताको मागलाई सम्बोधन हुनेगरी विद्यालय तहको पाठयक्रम निर्माण गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

उनले युवाहरुलाई स्थानीय स्तरमै रोजगारीको अवसर सृजना हुनेगरी शैक्षिक जनशक्ति निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएकी हुन् ।

भण्डारीले विकासको मूल आधारको रुपमा रहेको शिक्षाको माध्यामबाट समाजमा रहेका सबैखालको विकृतिहरु अन्त्य गर्नुपर्नेमा पनि जोड दिनुपर्ने कुरा बताएकी छिन् ।