सार्वजनिक विदा थपिए : प्रदेश नं. २

१० बैशाख २०७५, सोमबार ०६:३३

वैशाख १०, काठमाडौं

प्रदेश नं. २ मा थप आठ दिन सार्वजनिक बिदा थपिएको छ । संघीय सरकारले तोकेबाहेक प्रदेश नं. २ सरकारले विभिन्न पर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले छठपर्व, होली, जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिने निर्णय जनाएको छ ।

माघ ५ मधेस आन्दोलन स्मृति दिवसको दिन पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ । त्यसैगरी मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीहरूले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन ९वारह रविउल्ल औयल०को दिन पनि बिदा दिने जनाएको छ ।