बसन्तपुरको पुरानो काठको घरमा आगलागी

१० बैशाख २०७५, सोमबार ०९:४८

वैशाख १०, काठमाडौं ।

पर्साको जिराभवानी गाउँपालिकामा रहेको सेक्टर वन कार्यालय बसन्तपुरको पुरानो काठको घरमा आगलागी भएको छ ।

जिराभवानी गाउँपालिका वडा नम्बर २ मा रहेको कार्यालय परिसरमा रहेको स्टोर कोठामा आइतबार राति आगलागी भएको हो ।

आगलागीबाट स्टोरमा रहेको अन्न, लत्ताकपडा, साइकल २२ थान, प्लास्टिकको कुर्सी १६ थान, चिरान काठ ११ थान, खाट ६ थान र भाडाकुँडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

पोखरिया नगरपालिकाबाट गएको वरुणयन्त्रको मद्दतमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई घण्टापछि आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक बिमल कुमार शाहीले जानकारी दिए ।