पुननिर्माणमा सहजता : मन्त्री ओली

१२ बैशाख २०७५, बुधबार ०९:४०

वैशाख १२, काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामलाई अघि बढाउन सहज अवस्था आएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले पुनःनिर्माणको कामबाट निराश नहुन पनि सबैमा आह्वान गर्नु भएको छ ।उनले धराहरालगायत काठमाडौंका सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गरे ।विनाशकारी भूकम्प गएको ३ वर्ष पुगेको अवसर पारेर भग्नावशेष अवस्थामा रहेको धराहराको फेदमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कामलाई अघि बढाउन अनुकूलता थपिएको स्पष्ट पार्नुभयो ।

मन्त्री केपी ओलीले काठमाडौं महानगरपालिका लगायतका स्थानीय निकाय पुनर्निर्माणको कामलाई तीव्र ढंगले अघि बढाउन अग्रसर रहने बताएका छन् । उनले अधिल्लो पटक आफू प्रधानमन्त्री हुँदा सूरुवात गरेको ‘मै बनाउँछु–मेरा धराहरा’ भन्ने अभियानलाई पुनः ब्युत्याएर धराहरा लगायतका सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे । पुनर्निर्माणको कामलाई अघि बढाउन अव अनुकूल वातावरण बन्न गएको प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे ।

उनले ‘मै बनाउँछु–मेरो धराहरा’ भन्ने अभियानलाई अघि बढाउन काठमाडौंबासी तत्पर रहेको पनि उल्लेख गरे ।