पाँचसयको नयाँ नोट बजारमा

१४ बैशाख २०७५, शुक्रबार १०:१८

वैशाख १४, काठमाडौं ।

नेपाल सरकारले पाँच सय रुपैयाँको नोट परिवर्तन गरेको छ ।

नेपाल राष्ट्र बैंकले पाँच सय रूपैयाँको नयाँ नोट बजारमा ल्याएको हो।

उक्त नयाँ नोटमा एउटा मात्र पाटेबाघको चित्र छ । यसअघिका पुराना नोटमा दुई वटा बाघका चित्र छन् ।

नयाँ नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ । यस्तै नोटको तल्लो भागमा गर्भनर डाक्टर चिरन्जिवी नेपालको दस्तखत छ ।

नयाँ नोट बजारमा ल्याइए पनि पुराना नोट पनि चल्ने राष्ट्र बैंकले जनाएको छ ।
पाँच सय रूपैयाँको नयाँ नोट अब दृष्टिविहीनहरूले पनि छामेर पत्ता लगाउन सक्ने खालको भएको बताइएको छ ।