तीन लाख रुपैँया लुटियो : कालिमाटीमा युवतीलाई एसिड देखाएर

११ बैशाख २०७५, मंगलवार १०:३८

 

वैशाख ११, काठमाडौं

काठमाडौं १३, दुई कर्मचारीलाई एसिड देखाएर कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज ९ आईएमइ सेन्टरमा तीन लाख रुपैयाँ लुटिएको छ ।

प्रहरीका अनुसार कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा नदिएमा अनुहार विगारिदिने भन्दै नगद लुटपाट गरिएको बताएको छ ।

लुटपाट गर्ने व्यक्तिको पहिचान खल्न सकेको छैन । फरार लुटेरको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । फरार लुटेराको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।