कोरियाबाट फर्किएर आएका तीन हजार नेपालीलाई पुन: अवसर

१६ बैशाख २०७५, आईतवार ११:२७

वैशाख १६, काठमाडौं ।

कोरियन भाषा पास गरी पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुन: कोरिया लगिने बताइएको छ ।

 

कोरियामा राम्रो काम गरेर फर्किएका तीन हजार नेपालीको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताएका छन् ।

उनले भने, ‘परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ’ ‘परीक्षामा लगभग तीन हजार २०० जना सहभागी रहेका छन् ।’ लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उनले जानकारी दिए ।

इपीएस परीक्षा कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुने बताइएको छ । उक्त परीक्षामा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइने बताइएको छ ।