चिकित्सा शिक्षा अध्यादेश संसदमा पेश गर्ने निर्णय

१४ चैत्र २०७४, बुधबार ०६:५२

चैत १४, काठमाडौं ।

सरकारले चिकित्सा शिक्षा अध्यादेश संसदमा टेबल गर्ने भएको छ ।


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेशलाई संसदमा पेश गर्ने निर्णय गरेका हुन् ।

 

ऐन सरह कार्यान्वयनमा आएको अध्यादेश संसद सुरु भएको ६० दिनभित्र पास गर्नुपर्छ ।

 

विधेयक पास गर्ने प्रयास असफल भएपछि अघिल्लो सरकारले ६ कात्तिकमा अध्यादेश ल्याएको थियो ।

 

अध्यादेशले डा. गोविन्द केसीको मागअनुसार १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ ।

 

शिक्षा मन्त्रालय स्रोतका अनुसार प्रतिस्थापन विधेयक तयार गर्न छलफल सुरु भइसकेको छ ।